करोड ‘भ्युज’ पुगेपछि कार्टुन्ज क्रुज जोडीले काटे केक


७ चैत्र २०७४, बुधबार
cake machhi

काठमाडौं, ७ चैत : आफूले अभिनय गरेको भिडियोको भ्युअर्स करोड पुगेको उपलक्ष्यमा कार्टुन क्रुज जोडी सरोज अधिकारी, आस्मा विश्वकर्मा र सरोज ओलीले बुधबार केक काटेर खुशी बाँडेका छन् । नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ ले करोड भ्युज पाएको अवसरमा केक काटिएको हो । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी गीतको टिमले करोड भ्युजको केक काटेको हो ।cake machhi

एक महिनाअघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाइक र ६ हजार डिसलाइक आएको छ । सरोज ओली र मेलिना राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाको संगीत र दिनेश थपलियाको शब्द छ । गीतमा उदयराज पौडेलको एरेन्ज र किशोर थापाको मिक्सिङ छ । कार्यक्रममा गीतका रचनाकार थपलियाले गीत लेखेको क्षणलाई सम्झिएका थिए । कार्यक्रममा गायक सरोज ओलीले गीतबाट एक महिनामा ४ लाख रुपैयाँ कमाएको समेत जानकारी गराए ।

उनले गीतको एक करोड भ्युज पुर्‍याएकोमा सम्पूर्ण दर्शक तथा मिडियाकर्मीहरूलाई धन्यवाद दिएका छन् । केक काटेर मनाइएको एक करोड भ्युजको कार्यक्रममा नयाँ गीतको समेत घोषणा गरिएको छ । गायक ओलीका अनुसार ‘पानी कुवाको’ बोलको गीत अबको केही सातामा नै सार्वजनिक हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७