यो साता छुटाउनै नमिल्ने तीन खेल


७ चैत्र २०७४, बुधबार

काठमाडौं, ७ चैत : यस साता क्लब फुटबललाई विश्राम दिई खेलाडीहरु मैत्रीपूर्ण खेलहरु खेल्न आफ्नो राष्ट्रिय टोलीको जर्सीमा उत्रिने छन् । यस साता केहि ठूला राष्ट्रहरुले एक–अर्काको सामना गर्दै छन् । तीमध्ये ३ रोमाञ्चक तथा छुटाउनै नहुने खेल यी हुन् :-

अर्जेन्टिना–इटाली
समयः २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजेmessi 1

इटाली यस पटक विश्वकपमा छनोट हुने असफल भयो । त्यसैले इटाली आफ्नो टोली पुननिर्माण गर्ने प्रक्रियामा रहेको छ । अर्जे्न्टिनाविरुद्ध जितसँगै इटाली पुरानो घाउ बिर्सिंदै अगाडि बढ्ने दाउमा रहने छ । अर्को तर्फ, लियोनल मेस्सी सम्मिलित अर्जे्न्टिनाको नजर रुस विश्वकपमा रहेको छ । छनोट चरणमा केवल सन्तोषजनक प्रदर्शनलाई अर्जे्न्टिना सुधार्न चाहन्छ र फुटबलको सबैभन्दा ठुलो मञ्चमा आफूलाई दाबेदारको रुपमा उतार्न चाहन्छ ।

जर्मनी विरुद्ध स्पेन
समयः  २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे

स्पेन सन् २०१० को विश्वकप विजेता हो भने जर्मनी २०१४ को । यी दुई टोलीको भिडन्त यस साताको सबै भन्दा अपेक्षित खेल पनि हो । दुवै टोलीहरुसँग अनुभवी र युवा खेलाडीहरु प्रशस्त रुपमा छन् । विश्वकपको शुरुवाती ११ मा आफ्नो स्थान पक्का गर्न ती खेलाडीहरु यो महत्वपूर्ण खेलमा आफ्नो सबै कोशिस लगाउने देखिन्छ । दुवै टोलीको लागि यो खेल क्लबस्तरमा उच्च लयमा रहेका केही नयाँँ खेलाडीलाई मौका दिने अवसर पनि हुने छ ।

पोर्चुगल–इजिप्ट
समयः २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजेSalah Ronaldo

अहिले विश्व फुटबलमा सबैभन्दा लयमा रहेका खेलाडी हुन् इजिप्टका मोहम्मद सालाह र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो । अघिल्लो घरेलु लिगको खेलमा यी दुवै खेलाडीहरुले ४–४ गोल गरेका थिए । युरोपियन च्याम्पियन पोर्चुगल विश्वकपमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने दाउमा रहेको छ । अर्को तर्फ ठूला राष्ट्रहरुलाई निराश पार्न योग्य रहेको इजिप्टलाई केही गुमाउन छैन । दुवै टोलीले आक्रामक खेल्ने र त्यसस्वरुप खेलमा थुप्रै गोल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७