बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा


२२ फाल्गुन २०७८, आईतवार
P1560702 scaled

काठमाडौं, २२ फागुन । बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको दमकमा खुलेको छ । आइतबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्याक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्माले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी बताए ।


नगर प्रमुख रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई दमकमा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।


बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७