नेपाल र हङकङकाे खेल स्थगित


प्रकाशित मिति : October 15, 2017

काठमाडौँ: विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल स्थगित भएको छ। हङकङमा समुद्रीआँधिका कारण आजको खेल स्थगित गरिएको हो। खेल भोलि हुनेछ।

विश्वकपमा छनौट हुने नेपालले यो खेल जित्नै पर्ने दबाव छ। गत शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टोली हङकङले ८३ रनले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्