रुसले सिरियाली लडाकुलाई भर्ना गरिरहेको रिपोर्टमा खुलासा


२३ फाल्गुन २०७८, सोमबार
army tQuiQD9qVa

काठमाडौं, २३ फागुन । रुसले युक्रेनमा लड्नका लागि सिरियाबाट तालिमप्राप्त व्यक्तिलाई भाडामा लिइरहेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा खुलासा गरेको छ ।

यद्यपि, गुप्तचर अधिकारीले कति सिरियाली लडाकूले यो युद्धमा समावेश हुनका लागि स्विकारोक्ति दिए भन्नेबारे बताइएको छैन । तर अधिकारीका अनुसार केही लडाकू रुस पुगेको र युक्रेनमा तैनाथीको तयारी गरिरहेका छन् ।

देइर एजजोर प्रकाशनका अनुसार सिरिया र रुसले स्वच्छाले युक्रेनमा लडाईं गर्नेहरुलाई २०० देखि ३०० डलरसम्मको तलब प्रस्ताव गरेको छ । रिपोर्टका अनुसार उनीहरुलाई ६ महिनाका लागि लड्न भनिएको छ । रुसका अधिकारीका अनुसार सिरियामा चलेको एक दशकसम्मको गृहयुद्धका कारण यहाँका जनतासँग लड्ने अनुभव छ र यो युक्रेनको शहरमाथि कब्जा गर्न मद्दत गर्नसक्छन् ।

युक्रेनमा रुसको पक्षमा लड्ने सिरियाली लडाकु विदेशी मात्र नभएर चेचेन सेना पनि पठाइएको अमेरिकी अधिकारीहरुलाई विश्वास छ । चेचन रिपब्लिकका नेता रुसी राष्ट्रपति पुटिनका सहयोगी हुन् ।

विशेषज्ञका अनुसार युक्रेनमा विदेशी लडाकु आउँदा यो देश संघर्षको एक नयाँ इलाका बन्नेछ । उनीहरुले युक्रेनको लडाईं मध्य-पूर्वसँग जोडिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७