भारतभन्दा नेपाल र पाकिस्तानका जनता बढी खुसी (सुचिसहित )


७ चैत्र २०७४, बुधबार
नेपाल र पाकिस्तानका जनता बढी खुसी

 

काठमाडौँ : लाई विश्व खुसी दिवसको रुपमा मनाइन्छ । सन् २०१२ देखि हरेक वर्ष ग्यालप विश्व पोल सर्भेक्षणको आधारमा विश्व खुसीको रिपोर्ट निकालिन्छ । यो वर्ष पनि १५६ राष्ट्रलाई समेटेर विश्व खुसी रिपोर्ट २०१८ निकालिएको छ । यो वर्षको रिपोर्टमा देशको खुसीसँगै ती राष्ट्रमा रहेका आप्रबासीहरुको खुसी पनि समावेश गरिएको छ ।नेपाल र पाकिस्तानका जनता बढी खुसी

यो रिपोर्टले राष्ट्र खुसीको मात्रामा परिवर्तन र स्थिरताको मापन गर्ने गर्छ । शीर्ष स्थानमा रहेका राष्ट्रहरुमा निक्कै झिनो फरक हुने भएकाले तिनमा आउने सानोतिनो तलमाथिले पनि शीर्ष स्थान बदलिने गर्छ । त्यसैले गर्दा पछिल्लो चार वर्षमा चार अलग–अलग राष्ट्रहरुले शिर्ष स्थान ओगटेका छन् । यो वर्ष फिनल्याण्ड सबैभन्दा खुसी राष्ट्र भएको छ । नर्वे, डेनमार्क, आइसल्याण्ड र स्वीट्जरल्याण्ड त्यसपछिका शीर्ष पाचँभित्र रहेका छन् । खासमा पछिल्ला वर्षहरुमा यी राष्ट्र कुनै न कुनै समय शीर्ष स्थानमा रहेका छन् ।

रिपोर्टका लागि ६ विषयलाई आधार मानिएको थियो छ

आय, राष्ट्रिय औसत आयु, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र उदारता । यी मापनले राष्ट्रको समग्र खुसीको मापन गर्ने अनुमान गरिएको छ । खुसी राष्ट्रहरुमा यी आधारहरुको मात्रा राम्रो देखिन्छ ।

आप्रबासीहरुको खुसीको मापनले रमाइलो तथ्य प्रस्तुत गरेको छ । राष्ट्र र तिनको आप्रबासीको खुसीको मात्रा लगभग उस्तै रहेको छ । खुसीको सुचिमा शिर्ष स्थानमा रहेका राष्ट्रमा बस्ने आप्रबासीहरु सो राष्ट्रको बराबर नभएको पाइयो ।

अमेरिका निरन्तर दुःखी
विश्वशक्ति राष्ट्र अमेरिका यो सुचिमा निरन्तर खस्किरहेको छ । सन् २०१८ मा अमेरिका १८औं स्थानमा रहेको छ । यो सूची प्रकाशित हुन थालेदेखि को यो सबैभन्दा तल्लो अवस्था हो । अमेरिकामा यसको कारणबारे बहश सृृजना भएको छ । विश्वव्यापी रुपमा स्वास्थ समस्या बनेको ःमोटोपन, ओपिएड समस्या र डिप्रेशन सबै अमेरिकामा विकराल रुप लिइरहेको छ । यसले अमेरिकाको खुसी घटाउन भुमिका खेलेको मानिन्छ । यसका साथै राष्ट्रको खुसीमा त्यस राष्ट्रमा रहेको समाजिक सम्बन्धको प्रगाढता र कामको वातावरणले धेरै असर पार्ने देखिएको छ । अमेरिकामा पछिल्लो समय यीनमा पनि गिरावट आइरहेको छ ।

gurung gCMwuGeANZ

दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुसी राष्ट्र
खुसी रिपोर्टमा ७५औंं स्थान रहेको पाकिस्तान दक्षिण एशियामा सबैभन्दा शीर्ष स्थानमा रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा कुल राष्ट्रिय उत्पादनको सट्टा कुल राष्ट्रिय खुसीलाई आधार बनाएको भुटान दक्षिण एशियाली राष्ट्रहरु मध्य दोश्रो स्थानमा रहेको छ । ऊ विश्वव्यापी रुपमा ९७ औं स्थानमा रहेको छ । दक्षिण एशियाली राष्ट्रहरुमा त्यसपछि नेपालको स्थान रहेको छ । विश्वव्यापी रुपमा नेपाल १०१ औं स्थानमा रहेको छ । भारत भने नेपालपछि रहेका बङ्लादेश(११५औं), श्रीलङ्का(११६औं)भन्दा पनि पछाडि रहेको छ । १३३ औं स्थानमा रहेको भारत पछि दक्षिण एशियाको अफगानिस्तान मात्र रहेको छ । अफगानिस्तान १४५ औं स्थानमा रहेको छ । उत्तरी छिमेकी राष्ट्र चीन सूचीको ८६ औं सङ्ख्यामा रहेर खुसी राष्ट्रको माझ तिर रहेको छ ।

सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक

१. नर्वे ७.५३

२. डेनमार्क ७.५२

३. आइसल्यान्ड ७.५०

४. स्विट्जरल्यान्ड ७.४९

५. फिनल्यान्ड ७.४६

६. नेदरल्यान्ड ७.३७

७. क्यानडा ७.३१

८. न्युजिल्यान्ड ७.३७

९. अस्ट्रेलिया ७.३१

१०. स्विडेन ७.२८

 

दुःखी १० राष्ट्र

स्थान विश्वमा स्थान राष्ट्र अंक

१. १४५ हैटी ३.६३

२. १४६ यमन ३.५९

३. १४७ दक्षिण सुडान ३.५९

४ .१४८ लिबेरिया ३.५३

५. १४९ गुएना ३.५०

६. १५० टोगो ३.४९

७. १५१ रुवान्डा ३.४७

८. १५२ सिरिया ३.४६

९. १५३ तान्जानिया ३.३४

१०. १५४ बरुन्डी २.९०

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७