डिशहोमले ‘रगतका कथाहरू’ सिरिज बनाउने


२३ फाल्गुन २०७८, सोमबार
1646651508635 Ragatka Kathaharu 1 WauEQsTSfT

काठमाडौं,२३ फागुन । डिशहोमले ‘रगतका कथाहरू’ शीर्षकमा नयाँ सिरिज निर्माण गर्ने भएको छ । यो सिरिजको पहिलो सिजनमा १३ श्रृंखलाहरू हुने र प्रत्येक श्रृंखलामा फरक फरक कथावस्तु समेटिने डिशहोमले जनाएको छ । यो सिरिज देशका विभिन्न ठाउँमा छायाङ्कन हुने बताइएको छ ।

डिश मिडिया नेटवर्क र दृश्यालय सिनेमा प्रालिको संयुक्त प्रस्तुतिमा बन्न लागेको श्रृंखलाको सम्झौतापत्रमा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदीप आचार्य र लेखक÷निर्देशक किरण विकले हस्ताक्षर गरेका छन् । ‘हामी अलि फरक कथाहरू टिभीका दर्शकलाई दिन चाहन्थ्यौं । हामीले खोजेजस्तै फरक खालको कन्टेन्ट बन्ने भएपछि डिशहोम दृश्यालय सिनेमासँग सहकार्य गर्न तयार भएको हो,’ आचार्यले भने ।

लेखक÷निर्देशक विकले ‘समाजमा नभनिएका, लुकाइएका र भन्न अफ्ठ्यारा लाग्ने प्रेम, यौन र सम्बन्धका वास्तविक कथाहरू देखाउने दाबी गरे । नेपाली टिभीका दर्शकहरूलाई यो श्रृंखलाले केही भिन्न स्वाद दिने विश्वास लिएको उनले बताए । सिरिजमा युविना भट्टराई, सहारा कोइराला, राजकुमार दर्जी, प्रेम अधिकारी जेनिथ, नुतन र अस्मिता खनाल लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७