रुसी आक्रमणमा युक्रेनका चर्चित अभिनेताको मृत्यु


२५ फाल्गुन २०७८, बुधबार
lee1646826285

किभ । रुसी आक्रमणमा परी युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन प्रस्तोता पाशा लीको मृत्यु भएको छ । राजधानी किभ बाहिर इरपिन शहरमा रुसी सेनाले गरेको बमबारीमा ली मारिएका हुन् । उनी इरपिनमै बस्दै आएका थिए ।

लीको थुप्रै चलचित्र अनि युक्रेनी भाषाको ‘द लायन किङ’ र ‘द होबिट’ मा आवाज सुन्न सकिन्छ । उनी रुसी आक्रमणमा मारिएका पब्लिक फिगरहरूमध्ये एक हुन । उनका साथै एक खोज पत्रकार भिक्टर डुदारको आक्रमणमा परी मृत्यु भएको छ ।
उनले सन् २००६ मा किशोर अभिनेताको रूपमा टिन-हरर चलचित्र ‘द पिट’ बाट डेब्यू गरेका थिए । पछिल्लो पटक उनी क्लासमेटमा देखिएका थिए ।

युद्धमा मारिनु केही दिनअघि अभिनेता लीले युक्रेनी शरणार्थी च्यारिटीको लिङ्क पोस्ट गरेर मानिसहरूलाई सहयोग तथा स्वयमसेवक हुन आग्रह गरेका थिए । आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा उनले आफू र एक सहकर्मीले हाँसिरहेको फोटो पोस्ट गरेका थिए । उनले उक्त पोस्टमा लेखेको थिए, ‘हामी ठिक हुनेछौं र सबै कुरा युक्रेन हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७