डाउन सिण्ड्रोम दिवस मनाइयो


७ चैत्र २०७४, बुधबार
daun sindrom

काठमाडौं, ७ चैत । डाउन सिण्ड्रोम समाज नेपालको आयोजना तथा काठमाडौंं महानगरपालिका २६ वडाको सहयोगमा बुधबार १३ औं विश्व डाउन सिण्ड्रोम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

daun sindrom
डाउन सिन्ड्रोम दिवसमा प्रमुख अतिथि मन्त्री थापालाई स्वागत गर्दै ।

डाउन सिन्ड्रोम दिवसका अवसरमा ‘मेरो समुदायलाई म के दिन सक्छु’ भन्ने मूल नारा सहित काठमाडौंंको रत्नपार्कस्थित शान्तिबाटिकाबाट निकालिएको ¥याली जमल, दरबारमार्ग, केशरमहल हुँदै समाज कल्याण परिषदमा एक कार्यक्रम गरी सम्पन्न भएको थियो । सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले राज्यले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सुनिश्चित गरी उनीहरुलाई सम्मानजनक रुपमा समाजमा स्थापित गराउने कुरामा जोड दिदै डाउन सिण्ड्रोम लगायत सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार सक्दो सहयोग गर्ने बताउनुभयो । सोही मन्त्रालयका अपाङ्गता अधिकार प्रवद्र्धन शाखाका उपसचिव केशव भट्टराईले आगामी दिनमा नेपालका ७ वटै प्रदेशमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत् अपाङ्गता भएका व्यक्तिहरुका लागि पुनस्र्थापना गृहको स्थापना गर्ने कार्यक्रमको तय भएको बताउनुभयो । उक्त कार्यक्रममा आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले यो दिवस मनाउन थालेपछि विगतको तुलनमा डाउन सिण्ड्रोम अपाङ्गताप्रति केही सकारात्मक चेतना जागेको र आगामी दिनमा नेपाल सरकारले यो दिवसलाई सम्बन्धित मन्त्रालय मार्फत् नै मनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
१३ औं विश्व डाउन सिण्ड्रोम दिवसका अवसरमा काठमाडौंं महानगरपालिका २६ वडाका वडाध्यक्ष खेमराज तिवारीले सबै स्थानीय निकायले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने र महानगरपालिकाले आफ्नो स्रोत साधनको आधारमा डाउन सिण्ड्रोम अपाङ्गता र अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमकी प्रमुख अतिथि एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले डाउन सिण्ड्रोम समाज नेपालबाट निर्माण गरिएको नयाँ वर्ष २०७५ को पात्रो र डाउन सिण्ड्रोम सम्बन्धी स्टीकरको विमोचन गर्नुभएको थियो । उहाँले डाउन सिण्ड्रोम समाज नेपाललाई सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र पनि वितरण गर्नु भएको थियो । सो कार्यक्रममा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले हामी सबै मिलेर अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्नुपर्ने बताउँदै १३ औं विश्व डाउन सिण्ड्रोम दिवसको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७