आजबाट एसईईको परीक्षा शुरु, अर्को वर्षदेखि प्रदेशस्तरमा हुने


८ चैत्र २०७४, बिहीबार
see
फाइल तस्बिर ।

काठमाडौँ, ८ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आजबाट सुरु भएको छ । ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् ।see
परीक्षा नियन्त्रण कार्यालयका अनुसार एक हजार ९ सय ५६ परिक्षा केन्द्रमा तोकिएको छ । प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

एसईई परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अङ्ग्रेजीको परीक्षा सञ्चालन भइरहेको छ ।

यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । यसैगरी चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अन्तर्गत अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । १४ गते प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट, माकेर्टिङ, इञ्जिनियरिङ, ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । चैत १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुनेछ । प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेईङको परीक्षा हुने छ ।

चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जि, डाटाबेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । चैत १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनियरिङको परीक्षा हुनेछ ।

आगामी वर्षदेखि प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्ने हुनेछ । एसईई उत्तीर्ण हुने विद्यार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पढ्न पाउनेछन् ।शिक्षा मन्त्रालयको १८ कात्तिक ०७३ को निर्णयअनुसार गत वर्षदेखि कक्षा १० को परीक्षाको नाम परिवर्तन गरी माध्यमिक शिक्षा परीक्षा ९एसइई० बनाइएको थियो ।

परिक्षा तालिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७