गोल्डस्टारको सातौं फ्रेन्चाइजी सोरुम नयाँ बानेश्वरमा


८ चैत्र २०७४, बिहीबार
IMG 20180321 WA0001

काठमाडौं, ८ चैत्र २०७४ : नेपालको लोकप्रिय जुत्ता गोल्डस्टारको निर्माता, वितरक, तथा बजार व्यवस्थापक कम्पनी किरण सु म्यानुफ्याक्चरर्सले आफ्नो सातौ शोरुम काठमाडौंको नयाँबानेश्वरमा खोलेको छ । IMG 20180321 WA0001

नेप्का टे«डर्स, नयाँबानेश्वर गोल्डस्टार जुत्ताका आधिकारिक फ्रेन्चाइजी शोरुम हो । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी गोल्डस्टारले पहिले सिभिल मल, जमल, पूरानो बानेश्वर, कालिमाटी, गाबाहल र हेटौडा गर्दै यो सातौ शोरुम नयाँबानेश्वरमा खोलेको हो । चाँडै नै कम्पनीले लगनखेल, झापाको बिर्तामोड, पोखरा र दाङमा नयाँ शोरुम बिस्तार गर्ने जनाएको छ ।

किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भनिन्, ‘नेपाल अधिराज्यभरका प्रमुख शहरलगायत अन्य शहरोन्मुख क्षेत्रहरुमा ५० भन्दा बढी शोरुम बिस्तार गर्ने लक्ष्य भएको हुँदा इच्छुक व्यवसायी÷महानुभावहरुले कम्पनीमा सम्पर्क गरी सोसम्बन्धी जानकारी लिन सक्नु हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७