१५ किलो गाँजासहित तीन पक्राउ


२९ आश्विन २०७४, आईतवार
arrest पक्राउ

महोत्तरी: प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबासमा १५ किलो गाँजासहित आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ ।arrest पक्राउ

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८ सय ४० ग्राम गाँजा बरामद गरिएको हो ।

काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागी जाँच गरेको थियो ।

प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७