चुनावी तालमेल निश्चित छैन् : गगन थापा


२९ फाल्गुन २०७८, आईतवार
GaganThapa 1

सुर्खेत । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबीच चुनावी तालमेल हुने निश्चित नभएको बताएका छन् । गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुने उनले बताए ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले गठबन्धन एक भएर चुनावमा जाने कुरा कांग्रेसको निणर्य गर्ने आफ्नै प्रक्रिया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने थापाले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

केही दिअघि वीरेन्द्रनगरमा माओवादी अध्यक्ष प्रचण्डले तल्लो तहका नेताहरुले बोल्दैमा तालमेल नरोकिने बताएका थिए । पार्टीका मतदाताहरुको मनोविज्ञान र हाम्रो आफ्नै तागतका आधारमा काँग्रेस एक्लै चुनाव लड्नुपर्ने एक थरिको मतहरु जवरजस्ती पार्टीमा रहेको महामन्त्री थापाले बताए ।

city
ncll 2

‘स्थानीय तहको चुनाव भएकाले बैंठकबाट स्थानीय तहका कुराहरु सुनेर पार्टीबाट निणर्य हुनुपर्छ र हुन्छ ।’ महामन्त्री थापाले भने, पार्टीभित्र दुई खाले लाइन भएकाले खुल्ला छलफल हुन्छ । भित्र बाहिर र खुल्ला छलफल हुन्छ सबैको कुराहरु सुनेर मत निर्माण गर्ने कोशिस गर्छौ । अनि एउटै मत बनाएर चुनावमा तालमेल गर्ने नगर्ने मतका आधारमा निश्चित हुन्छ ।’

jagdamba.cement
nepal liquors

तालमेल गर्ने कि नगर्ने भनेर चैत्रको दोस्रो साता पार्टी बैंठक बसेर निणर्य लिइने थापाले बताए । अरु पार्टीका नेताले बोल्दैमा तालमेल हुँदैन् । उनले भने, ‘पार्टीभित्रको बैठकबाट एकमत भएमा हुन सक्छ ।’ जनतासँग जोडिएका खासखास मुद्दाहरुलाई पार्टीको चुनावी एजेण्डा बनाउने र त्यसको लागि एजेण्डा मात्र होईन काम गर्ने गरि एउटका टिम डेढ वर्षदेखि लागिरहेको थापाले बताए ।

पाँच वर्षभित्र गर्न सकिने कामहरु मुख्य एजेण्डा बनाइने छ । कुन कुन क्षेत्रमा केके गर्ने भनेर एउटा टिमले काम गरिरहेको थापाको भनाई छ । ‘विगतमा ज्ञान अभाव हुँदा पटक-पटक चुकेका कारण अव मौका पाए देश बदल्ने हुटहुटी छ ।’ थापाले भने, ‘एमसीसीबारे सरकारमा हुँदा एउटा प्रतिपक्षमा हुदाँ अर्को बोल्नेहरु यसपालीबाट परास्त भएका छन् । पाँच वर्षमा एमसीसीको पक्ष र विपक्षमा बोल्नेहरु को सहि को गलत सावित हुन्छन् ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७