डेढ वर्षकी बालिका ‘चोरेर’ बलात्कारपछि हत्या, दुई जना पक्राउ


२९ फाल्गुन २०७८, आईतवार
p yJLUCzPILb

मोरङ । मोरङमा एक डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।
अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका-७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङले जानकारी दिए । घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिममा पर्छ ।

बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बालिकालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकोमा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ-बायाँ सुन्निएको थियो । यस्तै योनीमा रगत देखिएको थियो ।
गाँजाको नशामा बलात्कार पछि हत्या
फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बालिकालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिंडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले बलात्कार गरेको र बालिका रुन थालेपछि पीडितको टाउकोमा बियरको बोतल र ढुङ्गा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसपछि मिथुन चौधरीले समेत करणी गरी बालिकालाई सोही स्थानमा छाडी भागेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७