बालिका बेच्न लगेको आरोपमा भारतीय नागरिक पक्राउ


८ चैत्र २०७४, बिहीबार
pakrau 1

 नवलपरासी, ८ चैत ।  पश्चिम नवलपरासीमा एक बालिकालाई ललाइफकाइ बेच्न भारत लैजान लाग्न लागेको आरोपमा सुस्ताका बासिन्दाले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।pakrau 1

भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरीलाई फकाएर भारत लैजान लागेको अवस्थामा स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन्।

मदिरा सेवनका नाममा बहानामा दिनहुँ घरमा आएर चिनजान बढाएपछि मामाघर लैजाने भन्दै मिठाइ दिएर साइकलमा राखेर भारततर्फ लैजान लागेको बालिकाका अभिभावकको भनाइ छ।

बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए। स्थानीयवासीले फेला पारेर प्रहरीलाई बुझाएका थिए।

आरोपित हरिजनलाई इलाका प्रहरी कार्यालयमा बेलाटारीमा राखेर छानविन थालिएको बेलटारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवसिंह थापाले जानकारी दिए।

रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७