दक्षिण कोरिया पठाई दिने भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ


३० फाल्गुन २०७८, सोमबार
korean i3nYkiOMfp

काठमाडौं । काठमाडौंमा बसेर नेपाली युवाहरुलाई रोजगारीका लागि दक्षिण कोरिया पठाइ दिने भन्दै ठगी गर्ने एक कोरियन नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दक्षिण कोरिया घर भई हाल काठमाडौंको लाहुरेटोल, चावहिल बस्ने राई सी जुङ रहेका छन् । उनले आफूलाई ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भनि वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाई दिन्छु भनि पीडितबाट रकम लिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत, गौशाला पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७