अजय देवगणसँग मेरो जोडी मिल्छ : इलियाना डिक्रुज


८ चैत्र २०७४, बिहीबार
ileana dcruz red movie

 काठमाडौँ ८ चैत्र । अभिनेत्री इलियाना डिक्रुज अभिनित चलचित्रमा ‘रेड’ले उच्च कमाइ गरिहेको बेला अजय देवगणसँग आफनो जोडि मिल्ने बताएकी छिन् ।ileana dcruz red movie
‘बादशाहोँ’पछि रेडमा पनि अजय देवगणसँग अभिनय विषयमा उनले आफुले जोडि मिल्नेभएकाले गरिएको भन्ने प्रतिक्रिया दिएकी हुन् । । आम्दानी करका विषयमा बनाइएको रेडले उच्च कमाइ गरिरहेको छ ।
उनले भनेकी छिन्, ‘ अजय देवगणसँग मेरो जोडी मिल्छ । मानिसहरूले पनि हाम्रो जोडी साथीजस्तो भएको र सुहाएको भन्छन् । हाम्रो जोडी मानिसहरूले रुचाएका कारण हो, सुनियोजित होइन ।’
यस्तै उनले चलचित्रमा आफनो भुमिका छोटा भएपनि गहिराइ छ भएको बताइन् । ‘म अजयको समझदार श्रीमती हुँ र उनको तागत पनि । यसमा प्रेमकथाको साथै आम्दानी कर असुलीको कहानी छ ।’उनले भनेकी छिन् ।
उनले साउथमा सोचविना फिल्म खेलेको बताइन् । ‘अब बलिउडमा छान्ने मौका मिलेको छ । म बोल्डभन्दा बढी अर्थपूर्ण भूमिका रुचाउँछु । ‘बर्फी’ र ‘रुस्तम’मा पनि मेरो फरक भूमिका थियो । यहीकारण ‘रेड’पछि अहिलेसम्म मैले कुनै फिल्ममा साइन गरेकी छैन ।’, उनले भनेकी छिन् ।

उनले अनुराग बसुको ‘बर्फी’, ‘रुस्तम’जस्ता सफल फिल्म खेलिसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७