तिमीसँगको शीर्ष गीतमा साम्राज्ञीको गाउँले लुक्स !


८ चैत्र २०७४, बिहीबार
samragree rajya laxmi shah

काठमाडौं, ८ चैत्र । चलचित्र ‘तिमीसँग’को शीर्ष गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरी चलचित्रको शीर्ष गीत सार्वजनिक गरिएको हो । samragree rajya laxmi shah
नेपालको हिमाली भेगमा छायांकन गरिएको फिल्म ‘तिमीसँग’को शीर्षगीतको केही दृश्यमा गाउँले लुक्समा देखिएकी छिन् । यस अघि ‘गाउँले भुमिका मन पर्देन’ भनेर विवाद आएकी उनी गीतको मध्य भागमा चौबन्दी चोली र फरियामा देखिएकी छिन् । उनले गाउँले भुमिका नपर्ने विवादमा आफुले गाउँले भुमिका गर्ने बेला भइनसकेको चाहीँ भनेको स्पष्टीकरण दिएकी थिइन् ।
उनी गीतको अधिकांश भाग भने बोल्ड देखिएकी छिन् । अन्नपूर्ण बेसक्यापमा छायाङ्कन गरिएको भिडियोमा यी दुईको केमेष्ट्रि लोभलाग्दो देखिन्छ ।
उनले कार्यक्रममा अभिनय गर्दा निकै गाह्रो परेको बताएकी थिइन् । साम्राज्ञीले यसअघि ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’मा पनि हिमाली भेगमै एक एक गीत सुटिङ गरेकी थिइन् ।
सार्वजनिक ‘तिमीसँग’ बोलको गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको स्वर, राहुल मुखर्जीको सङ्गीत, लेखु सहयात्रीको शब्द रहेको छ । त्यस्तै गीतको भिडियोलाई शिशिर खातीले कोरियोग्राफी गरेका हुन् । भिडियोमा चलचित्रका मुख्य कलाकार साम्राज्ञीसँगै आकाश श्रेष्ठको फिचरिङ छ ।

सार्वजनिक कार्यक्रममा चलचित्रका कलाकारहरू साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ, अनुपम श्रेष्ठ साथै निर्देशक शिशिर रानाको साथै चलचित्रको युनिट उपस्थिति रहेको थियो ।
चलचित्र ‘तिमीसँग’लाई कलाकार शिशिर रानाले निर्माण, निर्देशन गरेका हुन् भने कथा लेखन पनि रानाको स्वयंम रहेको छ । चलचित्र यही चैत्र २३ गतेबाट प्रदर्शन हुदैँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७