फान अवार्डमा छक्का पञ्जा सबैभन्दा धेरै, ‘जात्रा’ र ‘लुट–२’ १२–१२ विधाको मनोनयनमा


८ चैत्र २०७४, बिहीबार
Fan award

काठमाडौ, ८ चैत । दोस्रो फान अवार्ड २०७३ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको अवार्डको बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।Fan award

२०७३ सालमा रिलिज भएका चलचित्रमध्ये ‘छक्का पञ्जा’ २० वटा विधामा मनोनयनमा परेको छ । प्रदीप भट्टराईको डेब्यु निर्देशन रहेको ‘जात्रा’ र निश्चल बस्नेत निर्दे्शित ‘लुट २’ १२ विधामा मनोनयनमा परेका छन् ।

छक्का पञ्जाको कथा, पटकथा, संवाद, द्वन्द्व, सम्पादन, छायांकन, नवनिर्देशन, चरित्र अभिनेत्री, सह(अभिनेता (दुई), सह(अभिनेत्री, खलपात्र, हास्य कलाकार (दुई), अभिनेता, अभिनेत्री, चलचित्र, गीतकार, गायक, गायिका, संगीतकार र नृत्य निर्देशक विधाको मनोनयनमा परेको हो ।

हेमराज बिसी निर्दे्शित ‘गाजलु’ ९ विधामा मनोनयनमा परेको छ भने आकाश अधिकारी निर्दे्शित ‘के म तिम्रो होइन र’ ८ विधामा मनोनयनमा परेको छ ।

त्यस्तै, रामबाबु गुरुङ निर्दे्शित ‘पुरानो डुंगा’ ७, यस्तै नरेशकुमार केसी निर्दे्शित ‘डाइङ क्यान्डल’ ६ विधाको मनोनयनमा परेको छ ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले यस्ता अवार्डले नेपाली कलाकारको क्षमता वृद्धिमा सहयोग पुग्ने बताए ।

संघका अध्यक्ष रामकेशर बोगटीले गत वर्षजस्तै आगामी १६ गते काठमाडौंको आर्मी अफिसर्स क्लबमा अवार्डलाई वितरण गरिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७