माछापुच्छ्रे बैंकद्धारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सिसियु वार्ड हस्तान्तरण


२ चैत्र २०७८, बुधबार

काठमाडौं, २ चैत । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरि अस्पताललाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यले २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष डा। विरेन्द्र महतोले उक्त वार्डको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा। चन्द्रमणि अधिकारी लाई हस्तान्तरण गरेका हुन् । बैंकका संचालक समितिका सदस्यहरु रोशन केसी, विश्वप्रकाश गौतम, मुकुन्द महत, हरिभक्त सिग्देल, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत उच्चपदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखासहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७