सिटिजन्स बैंकको १५ औं वार्षिकोत्सव अवसरमा छुटैछुट योजना


२ चैत्र २०७८, बुधबार
citzen bank

काठमाडौं, २ चैत । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सव उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गते पर्ने ५औं वार्षिकोत्सवलाई ध्यानमा राखेर चैत ७ गतेदेखि वैशाख ७ गते (एक महिना) सम्म लागू हुनेगरी विभिन्न सेवासुविधामा भारी छुट र क्यासब्याक लगायतका योजनाहरू बैंकले सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस (पीओएस) मेसिन र अनलाइनमार्फत १ हजार रुपैयाँ वा सो भन्दा बढी कारोबार गर्दा एकमुष्ट २०० रुपैयाँ क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी पहिलो पटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि १०० रुपैयाँ क्यासब्याक प्रदान गर्नेछ । डिजिटल भुक्तानीको अर्को माध्यम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभर यो कार्ड निस्शुल्क उपलब्ध गराउने भएको छ ।

५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूका लागि निःशुल्क डेबिट कार्ड, मोबाइलर इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशभर हालसम्म १७४ शाखा, १२३ एटीएम र ९० शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७