बलात्कार आरोपित एमाले नेता मोहन बानियाँ धरौटीमा छुटे


३ चैत्र २०७८, बिहीबार
mohan baniya 1 PJDmbTVN7f

बाँके । बलात्कार अभियोगमा हिरासतमा रहेका एमाले नेता एवं निलम्बित सांसद मोहन बानियाँ धरौटीमा रिहा भएका छन् ।
बाँके जिल्ला अदालतका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले नेता बानियाँलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जुम्लाकी ४० वर्षीया एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै गत माघ २७ गते बाँके जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि एमाले बानियाँ फागुन १६ गते नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उजुरीमा ती महिलाले बानियाँले आफूलाई गत माघ १९ गते नेपालगञ्जको होटलमा लगेर जबरजस्ती करणी गरेको अभियोग लगाएकी छन् । सो आधारमा प्रहरीले पक्राउ गरेपछि बानियाँलाई प्रतिनिधि सभाको सांसद पदबाट निलम्बन गरिएको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७