गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


३ चैत्र २०७८, बिहीबार
acci 1
फाइल फोटो

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर-१ झेदीमा लु ३ त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा पट्याक्टर चालक इस्मा गाउँपालिका-६ निवासी ३१ वर्षको रेशम कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । ट्याक्टर झेदीस्थित सडक निर्माणमा कार्यमा प्रयोग हुँदै आएको प्रहरीले जनाएको छ । मृतक चालकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७