पिकअपले ठक्कर दिंदा दुईको मृत्यु, दुई प्रहरी घाइते


३ चैत्र २०७८, बिहीबार
4 2

रौतहट । रौतहटमा बुधबार राति गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्र पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट प्रहरी चौकी हरषामा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादब र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका छन् ।

सो गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले ठक्कर दिने पीकअप गाडी नियन्त्रणमा लिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७