युक्रेन समस्याबारे छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को आपतकालीन बैठक


३ चैत्र २०७८, बिहीबार
UNSC 20220317102856

न्यूयोर्क । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत ६ देशको अनुरोधपछि संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) को आकस्मिक बैठक बोलाइएको छ । बिहीबारको लागि बैठक बोलाइएको हो ।

बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे र संयुक्त राज्य अमेरिको सुरक्षा परिषद्को बैठक बोलाएको छ । ‘रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो,’ संयुक्त राष्ट्र संघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ । बेलारुसमा भइरहेको वार्तामार्फत् रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला यो घटनाक्रम आएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् । ‘वार्ता अझै प्रगतिमा छ । वार्ता एकदमै कठिन छ र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु,’ जेलेन्स्कीले बुधबार शान्ति वार्ताको स्थितिबारे सोध्दा उक्त टिप्पणी गरेका छन् । बुधबार चौथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधि मण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ । एजेन्सी

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७