कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि


३ चैत्र २०७८, बिहीबार
exam board 1112

काठमाडौं । कक्षा १२ को परीक्षा आउँदो जेठ १८ गतेदेखि हुने भएको छ । परीक्षा तालिका भने शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट सार्वजनिक गर्ने तयारी रहेको एक अधिकारीले जानकारी दिए ।

बोर्डकाअनुसार आगामी जेठ १८ गतेबाट परीक्षा सञ्चालन गर्न तयार गरिएको प्रस्तावलाई बोर्ड बैठकले स्वीकृति प्रदान गर्नेछ । बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ । परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ ।
यसअघि बोर्डले यस वर्षको एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७