एभर्टनको रोमाञ्चक जित


४ चैत्र २०७८, शुक्रबार
123750668 gettyimages

काठमाडौं । इञ्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान गुडिसन पार्कमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । इञ्जुरी समय १५ मिनेट खेलिएको थियो ।

खेलको ८३ औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो । तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन । जितसँगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ । उसको २७ खेलबाट २५ अंक रहदा १७ औं स्थानमा छ । यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४ औं स्थानमा छ । जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७