माडीमा आगलागी, दमकल ढिलो आएको गुनासो


४ चैत्र २०७८, शुक्रबार
Aaglagi Madi

चितवन । चितवनको माडी नगरपालिका-४ खैरहनीमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धनसारमा आगलागी भएको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धनसारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल (७० बोरा) कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम तथा अन्य भाँडावर्तन जलेर नष्ट भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० तथा झण्डै एक हजार चल्ला नष्ट भएको उनले जानकारी दिए । बिहान ४ : ३० बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।

city
ncll 2

दमकल समयमा नआएको गुनासो
घर धनी लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको दुःखेसो गरे ।

jagdamba.cement
nepal liquors

‘दमकल आउनै ढिलो भयो, आउँदा पनि निकै थोरै पानी थियो,’ उनले भने, ‘पर्याप्त पानीसहित समयमा दमकल आएको भए क्षति कम हुन सक्थ्यो ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७