युक्रेनको लिभ शहरमा रुसद्वारा ६ मिसाइल प्रहार, दुई वटा खसालियो


४ चैत्र २०७८, शुक्रबार
Liev MjQtlbqPVe

किभ । रुसले आज (शुक्रबार) युक्रेनको लिभ शहरमा ६ वटा मिसाइल प्रहार गरेको छ । युक्रेनको सैनिकले दिएको जानकारीअनुसार काला सागरबाट रुसले ६ वटा क्रुज मिसाइल प्रहार गरेको हो । जसमध्ये दुईवटा मिसाइल खसालिएको युक्रेनको सेनाले बताएको छ ।

लिभका मेयरले उक्त मिसाइल लिभको विमानस्थल नजिकै हवाई मर्मत केन्द्रमा खसेको बताएका छन् । उनका अनुसार यसअघि नै उक्त केन्द्रको काम बन्द भएकाले आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन ।

शुक्रबार स्थानीय समयअनुसार विहानैदेखि लिभ शहरका विभिन्न स्थानमा विष्फोटको आवाज सुनिएको थियो । त्यस्तै लिभको पश्चिमी क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलतर्फबाट धुवाँको मुस्लो आइरहेको देखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७