पुटिनको आलोचना गर्ने मोडलको शव कारमा सुटकेशभित्र भेटियो


४ चैत्र २०७८, शुक्रबार
model 3adIb6EynG

काठमाडौं । रुसी मोडल ग्रेटा वेडलरको शव कारभित्र एक सुटकेटमा भेटिएको छ । २३ वर्षकी ग्रेटा करिब वर्ष दिनदेखि हराइरहेकी थिइन् तर उनको सोसल अकाउन्ट चलिरहेको थियो । ग्रेटा पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जब उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई साइकोप्याथ (मनोरोगी) बताएकी थिइन् । उनको हत्यामा उनको राजनीतिक बयानबाजीको कुनै सम्बन्ध नभएको बताइएको छ ।

model1 dApJPua6rd

फक्स न्युजको रिपोर्टअनुसार मोडल ग्रेटा वेडलरको हत्या उनकै पूर्व प्रेमी दिमित्री कोरोविनले गरेका थिए । यो कुरा उनले लगभग वर्ष दिनपछि यो कुरा स्वीकार गरेका हुन् । कोरोविनले ग्रेटाको घाँटी थिची हत्या गरे र शवलाई सुटकेसमा राखेर कारको डिक्कीमा राखे । कोरोविनले आफ्नो अपराध कबुल गर्दै ग्रेटा वेडलरलाई ३०० माइल टाढा ड्राइभ गरेर रुसको लिपेट्स्कमा लगेको र त्यहाँ उनले शवलाई सुटकेसमा राखेर गाडीको डिक्कीमा यत्तिकै छोडिदिए ।
पैसाको विवादमा हत्या
दिमित्री कोरोविनले ग्रेटालाई पैसाको विवादमा मारेको बताएका छन् । कोरोविनले अनुसन्धान अधिकारीलाई दिएको जानकारी अनुसार उनी तीन रातसम्म एउटा होटलको कोठामा ग्रेटाको शवसँगै सुतेका थिए ।

model2 nHMYMwCdDl

ग्रेटाको मृत्युको पछि कोरोविनले नै उनको सोसल मिडिया पेजमा अपडेट गर्ने गर्दथे । यसो गरेर उनी कतै गायब भएको वा हत्या भएको कसैले पनि शंका नगरोस् भन्ने कोरोविनले चाहना राखेका थिए । अब ग्रेटाका पूर्व-प्रेमी कोरोविनले हत्याको कुरा स्वीकार गरेका छन् । उनले देखाएकै स्थानमा ग्रेटाको शव पनि भेटिएको छ ।

स्मरण रहोस्, युक्रेनसँग जारी युद्धका बीच रुसी मोडल ग्रेटाको शव भेटिँदा विभिन्न प्रकारको प्रश्न निम्तिएका छन् । वास्तवमा, रुसी मोडलले एक वर्ष अघि राष्ट्रपति पुटिनको खुल्ला रुपमा आलोचना गरेकी थिइन्, त्यसको केही समय पछि उनी हराएकी थिइन् । यद्यपि, अब उनको शव भेटिएको छ र हत्याराले पनि आफ्नो अपराध स्वीकार गरिसकेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७