राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छ : घनश्याम भुसाल


४ चैत्र २०७८, शुक्रबार
Ghanashyam

भैरहवा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् ।

भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति संरक्षणका लागि होली मिलन कार्यक्रममा बोल्दै भुसालले वैचारिक हिसाबले एक ठाँउमा ल्याउनका राजनीति राम्रो साधन भए पनि धर्म प्रवेश गरे खतरनाक हुने बताए ।

राजनीतिमै मानिस मानिसबीच भिन्नता देखाउने, मेरो संस्कृति राम्रो छ, अरु खराब छ भन्ने चिन्तनले एकअर्कामा लडाउनको लागि मतभेद देखिएमा त्यो राजनीतिका लागि खतरनाक रहेको उनको भनाइ छ । नेता भुसालले घुस नखाने नेताहरूको पार्टी वा पार्टीहरू घुस नखाने मान्छेहरूको पार्टी बनिदिए भने देश विकास समृद्धि हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७