एमालेको बैसाखी टेकेर चुनाव जित्ने सपना नदेख्दा हुन्छ : शंकर पोखरेल

‘कांग्रेसले हिर्कायो, अब आऊ भन्नेवाला छैनौं’


४ चैत्र २०७८, शुक्रबार
shankar pokhrel 1

धादिङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड-माधव समूह कसैको सहयोग बिना चुनाव जित्ने अवस्थामा नरहेकाले कांग्रेसले हिर्काए एमालेसँग मिल्ने भनेर घुर्क्याउन थालेको टिप्पणी गरेका छन् ।
धादिङमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब प्रचण्ड-माधवसँग एमालेको एकता नहुने तर कार्यकर्तालाई भने एमालेमा फर्काइने बताए ।

पोखरेलले भने, ‘हिजो आज सुन्दैछु, कांग्रेसले टेरेन भने एमालेसँग मिल्दिन्छौं । एमालेले लिए न मिल्ने हो । कांग्रेसले हिर्कायो अब आऊ भन्नेवाला छैनौ । हिजो नेताका टाउका मिलाएर गयौं, जनताले मत दिए । तर जनतलाई धोखा दिएर उनीहरु गए । फेरि तिनीहरुलाई लिएर गयौं भने जनताले हामीलाई पत्याउँछन् ? हिजो मिलेर चुनाव लड्दा जनताले दिएको जनमतमाथि घात गर्नेहरु नेताहरु अब एमालेलाई स्वीकार्य नरहेको बताए ।

नेताका टाउका मिलाएर केही नहुने रहेछ भन्दै उनले अब कार्यकर्ताको मन मिलाउने पोखरेलले । उनले प्रचण्ड माधव बाहेक अरुलाई नेकपा एकताको निरन्तरताका रुपमा एमालेमा समाहित हुन ढोका खुला रहेको बताए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख ३० मा हुने निर्वाचनमा एमालेले कुनै पार्टीसँग तालमेल नगर्ने बताएका छन् । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई लक्षित गर्दै उनले एमालेको बैसाखी टेकेर जित्ने सपना नदेख्न पनि चेतावनी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७