आइपीएलमा सन्दिपलाई दिल्लीको १ नम्बर जर्सी


८ चैत्र २०७४, बिहीबार
sandip samichane

 

काठमाडौं, ८ चैत , चर्चित क्रिकेटर सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी सार्वजनिक भएको छ । sandip samichaneबिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजनिक गरेका हुन् ।

सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ । जर्सी सार्वजनिक कार्यक्रमका लागि दिल्ली डेयरडेभिल्सका प्रतिनिधि नेपाल आएका छन् । हालै जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएका सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाने कार्यक्रम छ । आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो । उनी आइपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७