ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइतेमध्ये एक जना गम्भिर


५ चैत्र २०७८, शनिबार
acci 1
फाइल फोटो

रुकुम । रुकुमपूर्वमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुथाउत्तरगङ्गा गाउँपालिका-१२ को गर्खानीमा राङ्सीबाट रुकुमकोटतर्फ आउँदै गरेको रा १ च ३३७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए ।

उनका अनुसार मृतकको परिचय खुलेको छैन । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ भने एक जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विसीले बताए ।

सामान्य घाइते हुनेमा सो गाउँपालिकाका ३२ वर्षका वीरप्रताप बुढा रहेका छन् । अर्का घाइतेको पनि पहिचान खुल्न सकेको छैन । दुवै जनाको रुकुमपूर्व अस्पततालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७