समानुपातिकतर्फ बन्दसूची पेश गर्दे दलहरू, यस्तो छ निर्वाचन प्रक्रिया


२९ आश्विन २०७४, आईतवार
nirbachan aayoga

काठमाडौँ : अासन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य जारी छ ।nirbachan aayoga

आगामी मंसिर १० र २१ गते हुने निर्वाचनकाे लागि  कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको समानुपातिक निर्वाचन एकाइमा दलहरू पेश गरिरहेकाे छन् । बजे सबैभन्दा पहिला राष्ट्रिय यथार्थवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ११ उम्मेदवारको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ ।

दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

यस्तो छ निर्वाचन प्रक्रिया र कार्यतालिकाः

यस्तो छ निर्वाचन प्रक्रिया र कार्यतालिकाः
बन्दसूची सच्याउने राजनीतिक दलहरुलाई सूचित गर्नेः २०७४/ ०६ / ३०
बन्दसूची संशोधन गरी पेश गर्नेः २०७४ / ७/ ०६ देखि २०७४/ ०७/ १२
बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदनः २०७४ / ०७ / १३
उम्मेदवारको नाम फिर्ता सम्बन्धी सम्बन्धित राजनीतिक दललाई जानकारी २०७४ / ०७ / १४ देखि २०७४/ ०७ / १५
उम्मेदवारको बन्दसूची सार्वजनिक गर्नेः २०७४ / ०७/ १७
योग्यता सम्बन्धमा दाबी बिरोध गर्ने निवेदनः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१
दाबी विरोधको निवेदन उपर जाँचबुझ र निर्णयः २०७४ / ०७ / २५ देखि २०७४ / ०८ / ०१
बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशनः २०७४ / ०८ / ०२
बन्दसूची अन्तिम रुपमा प्रकाशनः २०७४ / ०८ / ०३
मतदान गर्नेः २०७४ / ०८ / १० / २०७४/ ०८ / २१

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७