पत्नीको हत्या गरी ओढारमा लुकाए, हराएको भन्दै आफै फिंजाए गाउँमा हल्ला


५ चैत्र २०७८, शनिबार

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पौवासारतापका दिलिप नेम्वाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन् । ३५ वर्षीय नेम्वाङ ३९ वर्षीय श्रीमती निशा थेबे (नेम्वाङ) को हत्या आरोपमा पक्राउ परेका हुन् ।

नेम्वाङले चैत ३ गते साँझ सामान्य विवादमा श्रीमतीको घाँटी थिचेर हत्या गरी घरदेखि ५ सय मिटर टाढा पर्ने ओडारमा सुकेका पत्करले छोपेर लुकाएको प्रहरीले जनाएको छ । हत्यापछि घरदेखि हराएको भन्दै गाउँमा हल्ला फिंजाएका नेम्वाङलाई शुक्रबार साँझ (चैत ४ गते ) पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) डम्बर विश्वकर्माले जानकारी दिए ।

नेम्वाङले सामान्य घरायसी विवादका क्रममा चैत ३ गते साँझ ७ बजे श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान शुरु गरेको पनि विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७