होलीको क्रममा झडप, रौतहटमा गोली चल्यो


५ चैत्र २०७८, शनिबार
shooting a gun 0131 horizontal large gallery %E0%A4%85%E0%A4%AE%E0%A5%87%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE %E0%A5%A7%E0%A5%A7 %E0%A4%9C%E0%A4%A8%E0%A4%BE %E0%A4%AF%E0%A4%B9%E0%A5%81%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B %E0%A4%B9%E0%A4%A4%E0%A5%8D%E0%A4%AF%E0%A4%BE

रौतहट । बिहीबारदेखि मनाइन शुरु होली रौतहटमा आज (शनिबार) पनि मनाइँदैछ । मुख्य गरी रौतहटको उत्तरी क्षेत्रमा बसोबास गर्ने पहाडी समुदायले बिहीबार होली मनाएका थिए भने मधेसी समुदायले शुक्रबार र शनिबार होली मनाउँदै छन् ।

जिल्लाको अधिकांश भागमा शुक्रबार नै होली मनाइएको भए पनि केही भागमा शनिबार नै मूल होली मनाइँदै छ । जिल्लामा लगातार तिन दिन होली मनाउने क्रममा केही ठाउँमा झडप पनि भएको छ । कटहरिया नगरपालिका-९ डुमरियामा शुक्रबार राति होली मनाउने क्रममा झडप भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुङ्गा हानाहान भएको छ । झडपमा केही मानिस घाइते भएका छन् । घाइते हुनेमा कटहरिया-९ डुमरियाका तीन जना छन् । स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ ।

city

यादव र मियालाई उपचारको लागि वीरगञ्ज पठाइएको छ भने साहको उपचार गरुडामा भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । रौतहटमा राजनीतिक आस्थाको आधारमा समूहमा विभाजित भई होली खेल्ने चलनको विकास भइसकेको छ ।

jagdamba.cement

कटहरिया-९ डुमरियामा वडाध्यक्ष रामाज्ञा राय यादव र ओमप्रकाश साह गरी दुई पक्षको होली खेल्ने क्रममा झडप भएको हो । झडपकै क्रममा दुई राउण्ड गोली चलेको छ । गोलीले कुनै क्षति भएको विवरण छैन । गोली कुन पक्षले चलाएको हो भन्ने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७