पुटिनलाई जेलेन्स्कीको आग्रह : ढिला नगरी शान्ति वार्ता गरौं


५ चैत्र २०७८, शनिबार
ukren president

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ढिलाइ नगरी रुससँग वार्ता गरी शान्ति स्थापनाका लागि जोड दिएका छन् । पटक-पटक रुसी समकक्षी पुटिनलाई सिधा वार्तामार्फत जारी द्वन्द्व समाधानका लागि आग्रह गरेका जेलेन्स्कीले यो समय वार्ता र भेटघाटको भएको बताएका हुन् ।

राजधानी किभबाट पुटिनलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘यो समय भेटको हो, वार्ताको हो । म सबैलाई मेरो कुरा सुनाउन चाहन्छु । विशेष गरी मस्कोमा ।’

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले क्षेत्रीय अखण्डतालाई पुनर्ताजगी गर्ने बेला आएको पनि बताएका छन् । त्यस्तै उनले रुसी सेनाले मरिउपोल सहरमा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान नदिएको पनि बताएका छन् ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनले ‘अव्यवहारिक प्रस्ताव’ राखेर शान्ति वार्तालाई टाल्न खोजेको आरोप लगाएका छन् । जर्मन चान्सलर ओलाफ स्कल्जसँगको कुराकानीमा पुटिनले उक्त आरोप लगाएका हुन् ।

यसबीचमा रुस र युक्रेनबीच विभिन्न चरणमा वार्ता भए पनि त्यसले सार्थक रूप भने लिएको छैन । टर्कीमा विदेशमन्त्रीस्तरीय वार्ता भए पनि दुवै पक्ष युद्धविराममा सहमत भने हुन सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७