रुसको आक्रमणबाट युक्रेनी शहर मरिपोलका ८० प्रतिशत भवन क्षतिग्रस्त, चार लाख मानिस उद्धारको पर्खाइमा


५ चैत्र २०७८, शनिबार
ukraine RupAoXTzLH

किभ । रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल शहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भइरहेको बीबीसीले जनाएको छ ।

मरिपोलमा कुनै सानो क्षेत्रमा पनि युद्धको प्रभाव देखिन बाँकी नरहेको मरिपोलका मेयर भाडिम बोइचेन्कोलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रुसले बमबारी जारी राखेकाले सर्वसाधरणलाई सुरक्षित ठाउँमा पठाउन नसकिएको उनले बताए ।
चार लाख भन्दा धेरै मानिस झण्डै दुई हप्तादेखि मरिपोलमा फसेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भलोमिदिर जेलन्स्कीले तत्काल अर्थपूणर् वार्ता गर्न रुससँग आग्रह गरेका छन् । जेलन्स्कीले गरेको भिडियो सम्बोधनमा रुसले गरिरहेको गल्तीबाट कम क्षति गराउने उपाय सकेसम्म चाँडो अर्थपूर्ण शान्ति वार्ता गर्नु रहेको बताएको बीबीसीले जनाएको छ । युक्रेनी भूमिको अखण्डता र युक्रेनमा न्याय पुनर्स्थापनाका लागि यो भेटेर कुराकानी गर्ने समय रहेको जेलन्स्कीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७