बा-आमाहरूमा आँखाको ज्योतिसँगै फर्किएको खुशी


६ चैत्र २०७८, आईतवार
blind sibir

रामेछाप । उज्यालो संसार हेरूँला भन्ने कल्पनासम्म नगरेका रामेछाप दोरम्बाका १० जना बा-आमालाई आइतबार बिहान नसोचेको खुशी मिल्यो । दोरम्बा शैलुङ- २ स्थित काकलिङ माध्यमिक विद्यालयको प्रांगणमा जब उनीहरूको ज्योति उघ्रियो, कोही खुशीले नाच्न थाले, कसैको हर्षका आँशु बग्न थाल्यो ।

तेज कोहिल एन्ड रुइत फाउन्डेसनले दोरम्बामा बिहीबारदेखि शनिबारसम्म गरेको तीन दिने निःशुल्क आँखा शिविरमा तीन सय ३३ जनाको मोतियाबिन्दुको सफल उपचार भएको तिलगंगा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेल लामाले जानकारी दिए । तिलगंगा आँखा अस्पतालकै जनशक्ति तथा प्राविधिकको सहयोगमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।

फाउन्डेसनका संस्थापक डा. सन्दुक रुइतको प्रत्यक्ष सहभागितामा बिरामीको उपचार भएको छ । शिविर अनुगमन गर्न फाउन्डेसनका सहसंस्थापक तेज कोहिल पनि बेलायतबाट काठमाडौं हुँदै दोरम्बा आइपुगेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७