पोखरा पुगेर प्रचण्डले भने, ‘गठबन्धन होला र जितौंला भनेर नबसौं’


६ चैत्र २०७८, आईतवार
Prachanda 2

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै आश नगर्न आफ्ना नेता-कार्यकर्तालाई सुझाव दिएका छन् ।

चुनाव केन्द्रित अभियानमा रहेका प्रचण्डले आइतबार बिहान पोखरामा आयोजित पत्रकार सम्मेलनमा आफ्नै बलमा चुनाव जित्ने गरी तयारी गर्न पार्टी नेता-कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीमा जोड गरेर भनेको कुरा के हो भने गठबन्धन होला, त्यहीबाट जितौंला भनेर बसेर हुँदैन, आफ्नै शक्ति र बलमा जित्ने हो’, उनले भने, ‘आफ्नै बलमा चुनाव लड्ने कुरालाई ध्यानमा राख्दै तालमेल गर्ने कुरालाई पनि उपयोग गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७