पर्सामा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते


६ चैत्र २०७८, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

पर्सा । पर्साको ठोरी गाउँपालिका-३ मा टेम्पो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । टेम्पोमा सवार दुई जना सामान्य घाइते छन् ।

ठोरी गाउँपालिका-४ का अन्दाजी ३५ वर्षीय वीरबहादुर विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ठोरी-३ का खेलबहादुर विश्वकर्मा र विजय सुनारलाई उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ ।

आज बिहान करिब साढे ३ बजे रामनगरबाट विजयबस्तीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ह ६२८ नम्बरको टेम्पो नियन्त्रण गुमाएर पल्टिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७