चन्द्र धरातलमा फेरि मान्छे पुर्‍याउन नासाको विशाल रकेट परीक्षण गरिंदै


७ चैत्र २०७८, सोमबार
nasa rocket

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शुक्रबार पहिलो पटक आफ्नो नयाँ विशाल चन्द्रमा रकेट सार्वजनिक गरेको थियो । स्पेस लन्च सिस्टम (एसएलएस) नाम दिइएको यो लञ्च भेहिकललाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरको प्याड ३९बीमा राखिएको छ ।

यदि सबै कुरा राम्रोसँग अघि बढ्यो भने यो रकेटले चन्द्रमाको छेउसम्म एक मानवरहित परीक्षण क्याप्सुल पठाउने मिसनको घोषणा हुनेछ । जुन अबको दुई महिनापछि सम्भवतः जुन या जुलाईको आसपासमा हुनसक्छ ।

यो मिसन सफल भएपछि यो रकेटले अबको करिब दुई वर्षपछि चन्द्रमाको छेउसम्म चार मानवसहितको परीक्षण क्याप्सुल पठाउने छ । उक्त क्याप्सुल पृथ्वीमै फिर्ता आउनेछ । त्यसपछि भने चार मानवसहितको क्याप्सुललाई यो रकेटले अन्तरिक्षमा पुर्‍याउने छ । जुन यो दशकको सम्भवतः अन्तिमतिर हुनेछ ।

nasa armetis 1

संयुक्त राज्य अमेरिकाको नेतृत्वमामा नासाले अघि बढाइरहेको यो मिसनलाई आर्टेमिस नाम दिइएको छ । सन् २००९ मा अघि सारेको यो मिसन सफल भएमा यो मिसन सन् १९७२ मा सम्पन्न अपोलो १७ पछिको पहिलो चन्द्रमामा मानव अवतरण मिसन हुनेछ ।

आर्टेमिस मिसन अन्तर्गत सन् २०२५ मा चन्द्रमामा मानव अतवरण गराउने, सन् २०२४ मा चन्द्रमाको छेउसम्म मात्रै पुर्‍याउने र सन् २०२२ मा मानवरहित क्याप्सुल चन्द्रमाको छेउमा पुर्‍याउने लक्ष्य भए पनि यसमा ढिलाइ हुने देखिएको छ ।
सन् २०२२ को मानव रहित क्याप्सुल चन्द्रमाको छेउमा पुर्‍याउने लक्ष्य अन्तर्गतको मिसनका लागि नै नासाले एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको हो । यो मिसन आउँदा २ महिनामा हुनेछ । यसअन्तर्गत मानवरहित क्याप्सुल चन्द्रामाको छेउसम्म पठाइनेछ । यो विशाल रकेट सार्वजनिक गर्ने क्रममा नासाका प्रशासक बिल नेल्सनले हामी मानव अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गरिरहेको बताए । ‘आर्टेमिस पुस्ता नयाँ सीमामा पुग्ने तयारी गर्दैछ,’ उनले भने ।

एसएलएस पुरै एक रकेट हो यसमा कोर स्टेज, दुई बुस्टर रकेट र ओरियन स्पेसक्राफ्ट रहेको हुन्छ । ओरियनमा अन्तरिक्षमा जाने मानव (क्रु) र आवयश्यक सामानको कार्गो रहेको हुन्छ । अन्तरिक्ष यात्रु मात्र पठाउने नभएर निकै धेरै उपकरण र कार्गो पनि पठाउनु पर्ने भएका कारण एसएलएस रकेट विशाल बनाइएको थियो । त्यसैले यो रकेट १०० मिटर अग्लो छ । एसएलएस रकेटसँग १२० मिटर अग्लो र ५ हजार टन तौलको लन्चर सपोर्ट छ ।

विशाल रकेट र झन ठूलो लन्चर सपोर्टलाई अपोलो मिसनका बेला बनाइएको विशाल ट्याक्टरले बोकेर केनेडी स्पेस सेन्टरमा ल्याएको थियो । गत शुक्रबार बिहान एक किलोमिटर प्रतिघण्टाको गतिमा ट्याक्टरले ६.७५ किलोमिटरको दूरी पार गर्दै मोबाइल लन्चरसहितको रकेटलाई केनेडी स्पेस सेन्टरको प्याड ३९ बीमा पुर्‍याएको हो ।

आर्टेमिस मिसन अन्तर्गत ४ मानव, क्रु अथवा अन्तरिक्षयात्री रहने छन् । जसमा चन्द्रमामा पाइला टेक्ने पहिलो महिला र रंगको पहिलो व्यक्ति पनि समावेश हुने छन् । यो मिसनको थप उद्देश्य चन्द्र स्रोतहरूको (पृथ्वीमा) निकासीका लागि आधारशिलाहरू राख्ने पनि हो । यसका साथै मंगल ग्रह र बाहिरका ग्रहमा जाने सम्भावनालाई थप बलियो बनाउने आधार समेत यो मिसनले प्रदान गर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७