अभिनेत्री गायत्रीको कार दुर्घटनामा निधन


७ चैत्र २०७८, सोमबार
gayatri 20161122175948 14360

मुम्बई । तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ । उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’ बाट लोकप्रिय भएकी थिइन् ।

गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन् । उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो । गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन् । तर कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गयो । दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ । स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल पुर्‍याए पनि उनीहरूलाई मृत घोषणा गरिएको थियो । दुर्घटनामा अर्की एक महिलाको पनि निधन भएको बताइएको छ ।

अभिनयमा आउनुअघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन् । उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्यधिक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७