ग्लोबल आइएमई बैंकले अनलाइनबाटै ऋण दिने


७ चैत्र २०७८, सोमबार
FD loan new 1 PeBrvQtUGE

काठमाडौं, ७ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन् ।

बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा शुरू गरेको जानकारी दिएको छ ।

कर्जा लिन बैंकका मुद्दती निक्षेपकर्ताहरूले ग्लोबल आइएमई बैंकको मोबाइल ग्लोबल स्मार्ट प्लस वा वेभसाइटमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुने र कुनै पनि भौतिक कागजात आवश्यक नपर्ने बैंकले उल्लेख गरेको छ ।

योजनाअन्तर्गत बैंकबाट ग्राहकले आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् । डिजिटल प्रणालीमार्फत आफ्ना ग्राहकहरूलाई लाभान्वित गराउन सदैव तत्पर रहिआएको बैंकको दाबी छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर हालसम्म २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर एवम् मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७