मधेस प्रदेशसभाको बैठक फेरि सारियो


८ चैत्र २०७८, मंगलवार
pradesh 2

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकोमा प्रदेशसभा सचिवालयले आज सूचना गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । बैठकमा ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७