माओवादी केन्द्रले चुनावबाटै चुन्यो गण्डकी प्रदेश कमिटीका पदाधिकारी (सूची)


१० चैत्र २०७८, बिहीबार
maobadi gandaki samiti TvtMtAz2O2

पोखरा । सत्तारुढ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका पदाधिकारी चुनावबार्ट चयन गरिएको छ । अध्यक्ष बाहेक पदाधिकारीका लागि निर्वाचन गरिएको छ ।

अध्यक्षमा भने गत मंसिर २७ मा भएको अधिवेशनबाटै गायत्री गुरुङ सर्वसम्मत निर्वाचित भइसकेकी छन् । त्यतिबेला उनको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी बने पनि अन्य पदाधिकारी चयनमा सहमति हुन सकेको थिएन ।

त्यसैले भर्खरै सम्पन्न निर्वाचनबाट माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ चयन गरिएको पार्टी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार निर्वाचनबाट चयन भएका माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्षदेखिका पदाधिकारी यस पप्रकार छन् :

उपाध्यक्ष
१. गुणाखर बस्याल (पर्वत)

२. ज्ञामनाथ गैरे (बागलुङ)

३. मित्रशरण शर्मा (नवलपुर)

सचिव
१. जगन्नाथ खनाल (गोरखा)

सहसचिव
१.अतिन्द्रकेशरी न्यौपाने (तनहुँ)

२. मेखबहादुर भण्डारी (लमजुङ)

३. टेकबहादुर विक (म्याग्दी)

कोषाध्यक्ष
१. तारा भुसाल (स्याङजा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७