निजामतीमा नेता मात्रै पुरस्कृत

ट्रेड युनियनमा विकृति


९ चैत्र २०७४, शुक्रबार
bhola copy

काठमाडौं, ९ चैत । निजामती क्षेत्रका ट्रेड युनियनप्रति नै प्रश्न उठिरहेको बेला सामान्य प्रशासन मन्त्रालयले बढुवामा समेत ऐन, नियम सबै मिचेर नेताहरुको बढुवा गरेको छ । एमाले निकट निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपालप्रसाद पोखरेल र आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेल नासुबाट अधिकृतमा बढुवा भएका छन् ।

bhola copy
भोलानाथ पोखरेल, केदार देवकोटा र गोपाल पोखरेल ।

देवकोटा लेखा समूहबाट, पोखरेल राजस्व समूह र पोखरेल प्रशासन समूहबाट शाखा अधिकृतमा फाइल बढुवा भएका छन् । उनीहरु कहिल्यै दुर्गम जिल्लामा नबसे पनि बढुवा भएपछि बढुवा प्रक्रिया अपारदर्शी भएको गुनासो छ । संगठनका पूर्वअध्यक्ष समेत रहेका पोखरेलले केही समय जुम्लामा दरबन्दी राखेका थिए । तर उनी पनि जुम्ला एकाधपटक बाहेक नगएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ । तर देवकोटा र पोखरेलले दरबन्दी समेत दुर्गममा राखेका थिएनन् भने कहिल्यै पनि दुर्गम जिल्लामा गएको जानकारी उनीहरुसँगै काम गर्ने कर्मचारीलाई छैन ।

केदार देवकोटा कृषि प्राविधिकहरुको कोटामा अर्थ मन्त्रालयबाट गतबर्ष चीन भ्रमणमा गएका थिए । बजेट दिने फाइल रोकेर उनले आफ्नो नाम जबर्जस्ती हाल्न लगाएका थिए । उनी कहिले गए दुर्गम ? यो प्रश्न देवकोटाकै मन्त्रालयका एक नासुले गरेका छन् ।
नेताहरुले गतबर्ष राष्ट्रपतिबाट तक्मा पनि आफैं लिएको, बढुवा पनि आफैं भएका कारण ट्रेड युनियन नेताहरुको फाइदाका लागि मात्र भएको सन्देश कर्मचारीबीचमा पुगेको छ । नेताहरुले संगठनलाई ब्यक्तिगत फाइदाका लागि लगाएपछि ट्रेड युनियन खारेज हुनुपर्छ भन्नेहरुलाई थप बल मिलेको छ ।
बढुवा शाखाबाट अनियमित रुपमा नेताहरुको बढुवा भएपछि कर्मचारीहरु रुष्ट भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले कम्प्युटर अपे्रेटर (नासु)लाई प्रशासन अधिकृतमा फाइल बढुवामा समावेश गरेको बिषयमा असन्तुष्टीको आवाज उठिरहे पनि ट्रेड युनियन नेताहरुले त्यो कुरामा विरोध नगरी आफ्नो बढुवा गराउन लागेको आरोप छ । यसका कारण ट्रेड युनियनका नेताहरुसँग प्रशासन समूहका ठूलो संख्याका नासुहरु रुष्ट भएका छन् ।

samanya pra 563x768 1

कम्प्युटर अप्रेटर कम्युटर अधिकृतमा फाइल बढुवा हुनुपर्नेमा प्रशासन समूहतर्फ बढुवामा समावेश गरेपछि भाग खोसिएको भन्दै प्रशासनका नासुहरु रुष्ट भएका हुन् । तर ट्रेड युनियन नेताहरुले सामान्य प्रशासन मन्त्रालयमा सेटिङ गरी आफ्नो बढुवाका लागि अनियमित रुपमा कम्प्युटर अप्रेटरलाई प्रशासन समूहको कम्प्युटर अधिकृतमा बढुवा गरेको विरोध नगरेको आरोप छ । यसरी प्रशासन सेवामा थुप्रै नासुहरुको भाग्य खोसिएको छ । सामान्य प्रंशासन मन्त्रालयका एक अधिकृतले भने–कर्मचारीनेताहरुका यस्तै निहीत स्वार्थका कारण ट्रेड युनियन आन्दोलन नै बदनाम हुन पुगेको हो । यस्तै नेताहरुका प्रवृत्तिका कारण ट्रेड युनियन नै खारेज हुनुसक्छ ।

तीन ठूला ट्रेड युनियनका नेताहरुलाई बढुवा गर्दा ऐन नियम नै मिचिएको भन्दै निजामती कर्मचारीहरुमा असन्तुष्टी छाएको छ । दुर्गममा एक दिन पनि नबसेका देवकोटा र पोखरेल कसरी फाइल बढुवा भए भन्ने प्रश्न सामान्य प्रशासन मन्त्रालउको बढुवा शाखालाई कर्मचारीहरुले गर्ने भएका छन् । देवकोटा र पोखरेल कहिल्यै अर्थ मन्त्रालयको सुविधा छाडेर दुर्गममा गएका छ्रैनन् ।

सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार बढुवाको सिट निर्धारणबाट नै सेटिङ गरेर नेताहरु प्रमोसन भएका छन् । यस बर्षको ओएण्डएम पर्दैन । अघिल्लो बर्षको समेत बढुवा खाएको आरोप ट्रेड युनियन नेताहरुमाथि छ ।
सामान्यको बढुवा शाखाले ऐन नियम मिचेर तीन ट्रेड युनियन नेताको फाइल बढुवा गर्दा अरु धेरैलाई अनियमितता पूर्ण बढुवा गरेको त छैन भन्ने आशंका गर्न थालिएको छ । सामान्य प्रशासन मन्त्रालयले ट्रेड युनियन नेताहरुको अनियमित बढुवा गरेको बिषयमा सर्वोच्च अदालतमा रिट नै दायर गर्ने तयारी भइरहेको एक कर्मचारीले बताएका छन् ।
बरिष्ठ कर्मचारीलाई जिल्लामा पठाएको र केहीलाई जबर्जस्ती पठाएको, केही कर्मचारीलाई घुसको प्रलोभनमा पठाइएका प्रमाणहरु यत्रतत्र आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७