कसैको डरले होइन, जनयुद्धका लडाकुको भावनालाई बुझेर विवादित दृष्य हटाएँ : प्रकाश सपुत


१० चैत्र २०७८, बिहीबार
Prakash Saput writes Sarkar I am considered human or 1200x675 1

काठमाडौं । गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृष्य कसैको डर र दबाबमा नभई जनयुद्धका लडाकुको भावनालाई बुझेर हटाएको स्पष्टिकरण दिएका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देह व्यापार सम्बन्धी दृष्य कसैको दबाबमा नभई जनयुद्धका लडाकुको दुःख र समाजको भावनालाई सम्मान गर्दै हटाएको बताएका हुन् । उनले उक्त दृष्यले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केहि दृष्य हटाउनु परेको बताए ।

गायक सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेका योद्धाहरु उक्त दृष्यबाट झनै चिन्तित बनेको भन्दै गीतमा भएको केहि दृष्य हटाएर पुनः सार्वजनिक गरेको बताए । उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि समस्त श्रोता एवं दर्शकहरुलाई आग्रह गरे ।

त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताइन् । उनले गीतबाट उक्त दृष्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत कुरा रहेको बताइन् । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृष्य हटाइएको बताइन् ।

गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भ्रातृ संगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भए पनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृष्य समावेश गर्नु आपत्ति जनाएका थिए ।

’पीर’ बोलको गीतको भिडिओमा नेपालमा सशस्त्र द्वन्द्व हुँदा माओवादी लडाकु रहेका एक जोडीले वर्तमान समयमा भोगिरहेको अभाव र पीडाको कथा देखाइएको छ । भिडियोको एउटा दृष्यमा पूर्व लडाकु महिला अभावकै कारण देह व्यापारमा संलग्न भएको चित्रण गरिएको छ । त्यही दृष्यमाथि अधिकांश माओवादी नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७