चलचित्र ‘कोइला’को ट्रेलर सार्वजनिक (भिडियोसहित)


९ चैत्र २०७४, शुक्रबार
KOILA

काठमाडौँ, ९ चैत्र । चलचित्र कोइलाको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । KOILA

निर्देशक गजेन्द्र रञ्जितको निर्देशनमा निर्मित एक्सन, लब स्टोरी र सेण्टिमेण्टलमा आधारित चलचित्र कोइलामा नायक प्रज्वल गिरी, नायिका सोनिया गिरी, ध्रुव कोइराला, किरण थापा, विशाल पहारी, कालु राना, राम चन्द्र अधिकारी, देव नेपाल, सुरज पराजुली लगायत कलाकारहरूको मुख्य अभिनय रहेको छ । चलचित्र वैशाख २१ गतेबाट प्रर्दशनमा आउन भएको छ । नायक प्रज्वल मद्रासि लुक्समा देखिएका छन् ।

आरोही फिल्मसको ब्यानरमा निर्माण भएको उक्त चलचित्र कोइलालाई निर्माता बि.जे शर्मा, प्रत्युसा गिरी र कार्यकारी निर्माता श्री कृष्ण गिरी र सह निर्माता तमन्न शर्मा र अराज शर्माको लगानीमा निर्माण गरिएको छ ।

चलचित्रमा नायक प्रज्वलको कथा, सुदीप आत्रेयको लेखन र श्री श्रेष्ठ को द्रन्द रहेको छ । ओम सुनुवार र रेखा पौडेलको सङ्गीत, विनोद सापकोटाको छायाङ्कन, शङ्कर बि.सी र श्रृजना बरालको नृत्य निर्देशन रहेको छ । कोइलालाइृ समीर मियाले सम्पादन र अमन मियाले भी एफ एक्स गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७